(१) छात्रवृत्ति सम्बन्धी नीति निर्धारण, समन्वय तथा व्यवस्थापन गर्ने काम समेतको लागि देहायका सदस्यहरु रहेको एक छात्रवृत्ति नीति निर्धारण समिति रहनेछः–
(क) शिक्षा मन्त्री वा राज्य मन्त्री – अध्यक्ष
(ख) आयोगको शिक्षा हेर्ने सदस्य – सदस्य
(ग) सचिव, शिक्षा मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि (राजपत्राङ्कित प्रथम श्रेणी) अर्थ मन्त्रालय – सदस्य
(ङ) प्रतिनिधि (राजपत्राङ्कित प्रथम श्रेणी) परराष्ट्र मन्त्रालय – सदस्य
(च) प्रमुख, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय – सदस्य
(छ) सह–सचिव, (उच्च शिक्षा तथा शैक्षिक व्यवस्थापन महाशाखा), शिक्षा मन्त्रालय – सदस्य–सचिव
(२) ……………………….
(३) छात्रवृत्ति निर्धारण समितिले आवश्यक देखेमा सम्बन्धित क्षेत्रको कुनै विशेषज्ञलाई सो समितिको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(४) छात्रवृत्ति निर्धारण समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।